मनसुन सक्रिय भएसँगै बाढी र पहिरोबाट विभिन्न सडक अवरूद्ध छ। सडक विभागका अनुसार बुधबार बिहासम्म ७ वटा १८ वडा राजमार्ग १८ स्थानमा दुइतर्फी नै अवरूद्ध छ।
कोशी राजमार्ग संखुवासभाको समाटारमा, डुम्रे-बेसीसहर-चामे सडक लमजुङको तिमाङमा, तानसेन-रिडी-कोरला सडक स्याङ्जाको रातोडाँडा बिसोनामा, पुष्पलाल (मध्यपहाडी) राजमार्ग बागलुङको काउछे मनेवामा, तानसेन-रिडी-कोरला सडक बागलुङको दलव्याङ भीरमा अवरूद्ध छ।
त्यस्तै पुष्पलाल (मध्य पहाडी) राजमार्ग डोटीको रामपुर र रदुवावामा तथा बागलुरङको बोक्सेमा अवरूद्ध छ। तानसेन-रिडी-कोरला सडक गुल्मीको बर्दरे खोलामा अवरूद्ध रहेको विभागले जनाएको छ।
बधुबार बिहान विभिन्न राजमार्ग र सडकहरू १५१ स्थानमा एकतर्फी छ।
पुष्पलाल मध्यपहाडी राजमार्ग सिन्धुलीको कुखुरेटारमा, सुर्खेत-जुम्ला सडक कालीकोटको पिली क्षेत्रमा, अरनिको राजमार्ग सिन्धुपाल्चोकमा, तानसेन-रिडी-कोरला सडक म्याग्दीमा, साँफेबगर-मार्तडी-कोल्टी सडक बाजुराको ताप्रिसेरामा लगायत विभिन्न स्थानमा सडक एकतर्फी सञ्चालनमा रहेको विभागले जनाएको छ।
अवरूद्ध सडकहरू खुलाउने काम जारी रहेको पनि विभागले जनाएको छ।