दाङमा सर्पदंशबाट एक किशोरीको मृत्यु भएको छ।
राजपुर गाउँपालिका–१ कटबेरुवाकी १६ वर्षीया सुस्मिता रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।
रोकालाई आफ्नै घरको सुत्ने कोठामा सुतिरहेको समयमा बुधबार बेलुकीपख दाहिने हातमा विषालु सर्पले डसेको थियो। त्यसपछि उनलाई उपचारका लागि गढवा स्वास्थ्य उपशाखाको सर्पदंश केन्द्रमा उपचारका लागि पुर्याइएको थियो।
त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि भनेर राति ९ बजेतिर घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याउनासाथ उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।