रूकुम पश्चिमको आठबिसकोट नगरपालिका– १२ मा बाढीले बगाएका एक जनाको अवस्था अझै अज्ञात छ।
मध्यरातमा स्थानीय गिजा खोलामा आएको बाढीले घर बगाउँदा बेपत्ता रहेका स्थानीय ३५ वर्षीय डिल्लीबहादुर बुढाथोकी अझैं फेला पर्न नसकेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बखतबहादुर शाहीले बताए। उनको खोजी कार्य जारी छ।
गिजा खोलामा ढुँगा माटोसहित आएको बाढीले बगाएर उनलाई भेरी नदीसम्म पुर्यायो वा माटो भित्र गर्भमा पुर्यो भन्ने अत्तोपत्तो छैन।
ठूलो पहिरो झर्नुका साथै बाढीसंगै बगेर आएको लेदो माटोले जमिनको सतह पुरेकाले बाढी सुस्ताउँदा समेत बेपत्ता बुढाथोकीको अवस्था अज्ञात रहेको शाहीले बताए। उनको खोजी कार्य भने जारी नै रहेको प्रहरीले जानकारी दिए।
मंगलबार बिहान २ बजेतिर भूकम्पपछि निर्मित स्थानीय सुवर्ण पुनको टहरा बाढीले भत्काउँदा ८ वर्षीया हितमाया पुन, ५ वर्षीया धनिषा पुन र आठबिसकोट – १० की ४ वर्षीया मनिषा सार्कीको मृत्यु भएको थियो।
बाढीका कारण ६ जना घाइते भएका थिए भने स्थानीय गमबहादुर खत्रीको जस्ता पाताले छाएको घर, घुम्ती पसल, धनजित सार्कीको घुम्ति पसल र आठबिसकोट – ८ का दीपक परियारको कच्ची घर, शौचालय र अर्कौ एउटा टहरोपनि बगाइ दिएको थियो।