माेटरसाइकल दुर्घटना हुँदा घाइते भएका कञ्चनपुरका एक जना पुरूषकाे मृत्यु भएको छ।
कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाका ३२ वर्षीय नरेश नेगीको शनिबार भारतको रुद्रपुरस्थित न्यूरो सेन्टरमा मृत्यु भएको हो।
बिहीबार साँझ कृष्णपुर नगरपालिका–२ बनहरा पुल नजिक गाईसँग ठोक्किएर उनी घाइते भएका थिए।
नेगीले चलाइरहेको सु.प.प्र ०२ ००३प ७६९२ नम्बरको मोटरसाइकल बनहरा नजिक गाईसँग ठोक्किएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक वीरबहादुर बुढा ऐरले बताए।
घाइते भएपछि उनलाई उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि भारतको रुद्रपुर लगिएको थियो। नेगीले कृष्णपुर नगरपालिका–२ बाणी बजारमा साइकल पसल सञ्चालन गर्दै आएका थिए।