नेपाल प्रहरीका रामदत्त जोशी प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा सिफारिस भएका छन्।
सोमबार बसेको बढुवा समितिको बैठकले हाल प्रहरी नायब महानिरीक्षक (डिआइजी) रहेका जोशीलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो।
गत असार १८ गते एआइजी उमेशराज जोशी ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकासमा गएका थिए। उनी अवकासमा जानुअघि नै डिआइजी पोषराज पोखरेललाई असार १० गते बसेको समितिको बैठकले बढुवा गर्न सिफारिस गरेको थियो। तर पछि मन्त्रिपरिषद बैठकले निर्णय नलिँदा उनी फुली लगाउन नपाउँदै डिआइजीबाटै अवकासमा गए।
त्यसैले एक पद रिक्त रहेको ठाउँमा डिआइजी जोशीलाई बढुवा सिफारिस गरिएको हो।
जोशी कात्तिक १८ गते अवकासमा जानेछन्। हाल जोशी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रमुख छन्।