उत्तरी सिन्धुपाल्चोकमा भारी वर्षा भएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार सिन्धुपाल्चोकको मानेखर्कमा पछिल्लो २४ घन्टामा १४१. ४ मिलिमिटर वर्षा भएको छ।
त्यस्तै ढुंगेमा १२०.८, तारामाराङमा ८२.८, बोल्देमा ७५.६ मिलिमिटर वर्षा भएको छ।
पूर्वी सिन्धुपाल्चोकको घुम्थाङमा पनि भारी वर्षा भएको छ। त्यहाँ पछिल्लो २४ घन्टामा ९३.३ मिलिमिटर वर्षा भएको छ।
लमजुङको खुदी बजारमा पनि भारी वर्षा भएको छ। त्यहाँ पछिल्लो २४ घन्टामा १००.६, बेसीसहरमा १०२.२, घारेढुंगामा ८६.२ र उत्तरी गोखराको बारपाकमा ८३.२ मिलिमिटर वर्षा भएको छ।
बाढी सूचना केन्द्रले यी स्थान भएर बग्ने नदी, खोलामा आकस्मिक बाढी आउनसक्ने जोखिम औंल्याएको छ। यी स्थानमा पहिरोसमेत जान सक्ने खतरा रहेकाले सतर्क रहन भनेको छ।