गोरखामा पहिरोले घर पुरिँदा ५ जना बेपत्ता भएका छन्।
धार्चे गाउँपालिका-५ रेसास्थित जितबहादुर गुरूङको कृषि फार्म र नजिकै रहेको घर पहिरोले पुरिँदा ५ जना बेपत्ता भएका हुन्।
जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी डिएसपी रमेशकुमार श्रेष्ठले पहिरोले घर र कृषि फार्म पुरिएको र पाँच जना बेपत्ता भएको भन्ने खबर प्राप्त भएको र त्यसतर्फ प्रहरी परिचालन भएको बताए।
‘दुर्गम ठाउँ छ । हाम्रो टोली पुग्दैछ। टोली पुगेपछि यकिन हुन्छ,’ उनले भने ।