संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाउन गठित कार्यदलको बैठक जारी छ।
सिंहदरबारस्थित गृहमन्त्री रमेश लेखकको कार्यकक्षमा पौने ९ बजेपछि बैठक सुरू भएको हो।
आजको बैठकमा संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा सरोकारवालाहरुसँग छलफल गर्ने र अन्तिम रूप दिने तयारी छ।
यसअघि शुक्रबार बसेको बैठकले सैद्धान्तिक सहमति जुटाएर सरोकारवालाहरूसँग राय लिने निर्णय गरेको थियो।
शुक्रबारकै बैठकले पीडितमैत्री, सर्वोच्चको फैसला र अन्तर्राष्ट्रिय कानूनलाई आधार बनाएर विधेयकमा सहमति जुटाउनुपर्ने निष्कर्ष निकालेको थियो।आजको बैठकपछि प्रतिवेदन तयार गरी प्रधानमन्त्रीसहित शीर्ष नेताहरूलाई बुझाउने तयारी छ।
गत असार १३ गते तत्कालीन लप्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीले कार्यदल गठन गर्ने सहमति गरेका थिए। कार्यदलमा नेपाली कांग्रेसबाट गृहमन्त्रीसमेत रहेका रमेश लेखक, एमालेबाट बर्तौला र माओवादी केन्द्रबाट जनार्दन शर्मा सदस्य छन्।