कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ।
कृष्णपुर नगरपालिका वडा नम्बर ६ का ५६ वर्षीय हेमराज चौधरीको मृत्यु भएको प्रहरीले जनाएको हो।
आइतबार साँझ पूर्वपश्चिम राजमार्ग अन्तर्गत कृष्णपुर नगरपालिका वडा नम्बर ५ चिनी मिल नजिकै पूर्वतर्फ गइरहेको सुपप्र ०१००९प ३७७७ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
दुर्घटनामा चालक कृष्णपुर नगरपालिका वडा नम्बर ७ कालियापुर बस्ने ३१ वर्षीय राजकुमार राना गम्भीर घाइते भएका छन्। उनको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ भने पछाडी सवार रानाकी बहिनी २२ वर्षीया सुहता रानालाई सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ।