कैलालीमा कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त २० वर्षपछि पक्राउ परेका छन्।
भजनी नगरपालिका-८ बस्ने ४७ वर्षीय लल्लन जागा पक्राउ परेका हुन्।
उनलाई इलाका प्रहरी कार्यालय राजापुरको टोलीले बर्दियासँग समन्वय गरेर मंगलबार साँझ मधुवन नगरपालिका-४ बाट पक्राउ गरेको हो।
उनलाई २०६१ जेठ ३० गतेदेखि कर्तव्य ज्यान मुद्दामा खोजिरहेको प्रहरीले जनाएको छ।
यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।