अविरल वर्षा र विभिन्न खोला नदीहरूमा आएको बाढीले भक्तपुरका विभिन्न क्षेत्र डुबानमा परेका छन्।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठका अनुसार साँघु, राधे राधे, मनहरा बस्ती, हनुमाननगर वस्ती लगायतका क्षेत्रहरू डुबानमा परेका छन्।
राधे राधेमा खोलाको बाढीले सडकसम्मै पानी आएको उनले जानकारी दिइन्।
मनहरा खोलाको बाढी मनहरा बस्तीमै पसेको छ। घर भित्रै पानी पसेका कारणले केही परिवारलाई स्थानान्तरण गरिएको छ।
हनुमन्ते खोलाको बाढी हनुमानघाट वस्तीभित्र पसेको छ।
'हनुमन्तेको अन्यत्र असर छैन। हनुमानघाटमा अलि साँघुरो पनि छ, त्यही ठाउँ डुबानमा परेको हो,' प्रजिअ श्रेष्ठले जानकारी दिइन्।
सूर्यविनायक नगरपालिका-४ मोडर्न स्कुल आसपास पनि डुबानमा परेको छ। ती ठाउँमा रातिदेखि नै सुरक्षाकर्मीहरु उद्धारकार्यमा खटिएका छन्।
बाढी र पहिरोको जोखिम रहेका स्थानहरूमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको उनले बताइन्।
तस्बिरहरूः
-1722391322.jpeg)
-1722391321.jpeg)
-1722391322.jpeg)
-1722391321.jpeg)