रुपन्देहीको तिलोत्तमामा भारी वर्षा भएको छ। त्यहाँ पछिल्लो तीन घन्टामा १०६.६ मिलिमिटर वर्षा भएको छ।
त्यस्तै अर्घाखाँचीको खाँचिकोटमा पनि भारी वर्षा मापन भएको छ। त्यहाँ पछिल्लो एक घन्टामा ४२.८ मिलिमिटर वर्षा भएको छ। त्यस्तै सन्धिखर्कमा ३२.८, अर्घाखाचीमा ३०.८ मिलिमिटर पानी परेको छ।
गुल्मीको तम्घासमा ३५.२, आँपचौरमा २२.६ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।