काठमाडौंको कीर्तिपुरको सुन्दरीघाटबाट १५ जनाको उद्धार भएको छ।
कीर्तिपुर नगरपालिका वडा नम्बर १० स्थित सुन्दरीघाटमा रहेको राधा स्वामी क्षेत्रमा फसेका १५ जनाको उद्धार गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
गएराति देखि परेको अविरल वर्षाका कारण विभिन्न क्षेत्र डुबानमा परेको छ। डुबानमा परेको खबरसँगै सशस्त्र प्रहरी बल नेपाल नम्बर १८ निलबाराही गणबाट सशस्त्र प्रहरीको टोली खटिएको थियो।
उक्त टोली बुधबार बिहान ५ बजेदेखि परिचालन भएको थियो। ट्युब र डोरीको सहायताले १५ जनाको उद्धार गरेको डिएसपी थापाले बताए।