अविरल वर्षातका कारण काठमाडौंको बल्खुस्थित तरकारी बजार डुबानमा परेको छ।
शुक्रबार दिनभरि परेको पानीले बागमती नदीछेउको तरकारी बजारमा भेल पसेको हो।
बाढी पस्न थालेपछि व्यवसायीहरूले तरकारी अन्यत्र सारिरहेका छन्। कतिपय व्यवसायीको तरकारी तर फलफूलको कबलमा पानी पसिसकेको छ।
नदी किनारमै भएकाले ठूला पानी पर्नेबित्तिकै त्यहाँको तरकारी, फलफूल बजार डुब्ने गरेको छ।
देशको पूर्वी, मध्य भू–भागसँगै काठमाडौं उपत्यकामा पनि भारी वर्षा भइरहेको छ। ललितपुरको लेलेमा त वर्षाले सतर्कता तह पार गरेको छ। लेलेमा पछिल्लो २४ घन्टामा १५१.२ मिलिमिटर वर्षा भएको छ।
काठमाडौंको बबरमहलमा ९३.२, विमानस्थलमा ८५, पानीपोखरीमा ८३.६, धापमा ८५.८, बूढानीलकण्ठमा ८८ मिलिमिटर वर्षा भएको छ। ललितपुरको खुमलटारमा ११०.२, कीर्तिपुरमा १२७.२ मिलिमिटर वर्षा भएको छ।
काठमाडौं उपत्यकामा शनिबार साँझबाट मात्रै वर्षा मत्थर हुनेछ।
तस्बिरहरू:
-1727436681.jpg)
-1727436684.jpg)
-1727436684.jpg)
-1727438116.jpg)
-1727438114.jpg)
-1727438114.jpg)
-1727438113.jpg)
-1727438110.jpg)
-1727438112.jpg)
-1727438112.jpg)
-1727438113.jpg)
-1727438110.jpg)

-1727436683.jpg)
-1727436683.jpg)
-1727436683.jpg)
-1727436683.jpg)
-1727436681.jpg)
-1727436682.jpg)
-1727436682.jpg)
-1727436681.jpg)
-1727436681.jpg)
-1727436679.jpg)
-1727436680.jpg)
-1727436680.jpg)
-1727436679.jpg)