हाल विशेष गरी गण्डकी प्रदेशको पूर्वी भू–भागदेखि कोशी प्रदेशसम्म वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।
गण्डकी, लुम्बिनी, बागमती, मधेस, कोशी प्रदेशका अधिकांश स्थानहरूमा मेघगर्जन/चट्याङ सहित वर्षा भइरहेको भिागले बताएको छ।
वर्षा गराउने प्रणाली पूर्व–उत्तर पूर्व दिशातर्फ सरिरहेको र ती क्षेत्रहरूमा थप वर्षा हुने सम्भावना रहेकोले सतर्कता अपनाउन पनि महाशाखाले भनेको छ।
‘गएको २४ घन्टामा सबैभन्दा बढी पानी पर्सा जिल्लाको वीरगञ्जमा (१००.८ मिलिमिटर) परेको छ,’ महाशाखाले भनेको छ।