विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघाको प्राकृतिक सौन्दर्य, संस्कृति, इतिहास र जनजीवन समेटिएको ‘कञ्चनजंघा थ्रु द लेन्स’ फोटो प्रदर्शनी आजदेखि नेपल कला परिषद् बबरमहलमा सुरू भएको छ।
प्रदर्शनीमा एक शताब्दीभन्दा पुराना ऐतिहासिक तस्बिरदेखि समकालीन फोटोग्राफरले खिचेका कञ्चनजंघा क्षेत्रका दृश्यहरू राखिएका छन्।
सन् १८९९ मा इटालियन पर्वतारोही तथा फोटोग्राफर भिटोरियो सेलाले खिचेका तस्बिरदेखि आधुनिक समयका तस्बिरसम्मले यस क्षेत्रको प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक पक्षलाई उजागर गरेका छन्।
प्रदर्शनीले हिमाली जैविक विविधता संरक्षण, स्थानीय समुदायको जीवनशैली, पर्यटन र सांस्कृतिक सम्पदाको महत्त्वलाई समेत प्रस्तुत गरेको छ।
तस्बिरमार्फत् कञ्चनजंघाको सौन्दर्यसँगै संरक्षण र दिगो पर्यटनको सन्देश दिन खोजिएको छ।











