बारा र पर्सामा धेरै भारी वर्षा भएको छ।
जल तथा मौसम विज्ञान विभागले वीरगञ्जमा पछिल्लो २४ घन्टामा १८२.६ मिलिमिटर वर्षा भएको उल्लेख गरेको छ। त्यस्तै कलैया केन्द्रमा १७६.४ मिलिमिटर वर्षा भएको छ। २४ घन्टामा १०० देखि २०० मिलिमिटरसम्म वर्षा भएमा धेरै भारी वर्षा भएको भन्ने गरिन्छ।
त्यस्तै पर्साकै मुडाली केन्द्रमा १४१, परवानीपुरमा १३८.६, सिमरा विमानस्थलमा १३२ निजगढामा १२३.४, पर्साको रंगपुरमा १२०.६ मिलिमिटर वर्षा भएको छ। रौतहटको महेशपुरमा १४४.६ मिलिमिटर वर्षा भएको छ।