ललितपुरमा एक घरको पछाडि रहेको पर्खाल भत्किएर लाग्दा तीन जना घाइते भएका छन्।
गोदावरी नगरपालिका-१४ ठैबमा विकास अधिकारीको घर पछाडि रहेको पर्खाल भत्किँदा तीन जना घाइते भएका हुन्।
उनीहरूलाई उपचारका निम्ति अस्पताल पुर्याइएको छ। उनीहरूको अवस्था सामान्य रहेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी शेखर खनालले जानकारी दिए।