काठमाडौंको बल्खु क्षेत्रमा उद्धार तथा निगरानीका लागि र्याफ्टिङ बोटको प्रयोग गरिएको छ।
सशस्त्र प्रहरी बलको टोलीले बल्खु, कुलेश्वर र कालिमाटी क्षेत्रमा पानीको सतह बढेपछि उद्धारका निम्ति राफ्टिङ बोट प्रयोग गरेको हो।
अहिले बागमती नदी किनारको बस्तीमा पानी पसिसकेको छ।
नदी किनारका सुकुम्बासी बस्तीका बासिन्दालाई नजिकैको विद्यालयमा स्थानान्तरण गरिएको छ।
कतिपय व्यक्तिहरू ती क्षेत्रमा अझै हुनसक्ने आशंकामा सशस्त्र प्रहरीको टोली उद्धारका लागि खटिएको छ।
बल्खुकै तरकारी बजारबाट पनि सबैलाई हटाइसकिएको छ।