सडक विभागका महानिर्देशक डा. विजय जैशीले चार दिनमा बिपी राजमार्ग खुलाउने बताएका छन्।
शुक्रबारदेखि निरन्तर परेको वर्षाले बिपी राजमार्गका डाइभर्सनहरू बगाएका छन्। कतिपय ठाउँमा सडक थप कटान भएका छन्।
आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय भएको पत्रकार सम्मेलनमा बोल्दै उनले चार दिनमा सडक सञ्चालनमा ल्याउने तयारी रहेको उनले बताए।
अहिले पानीको बहाव धेरै भएकाले काम सुरू गर्न नसकेको तर कम भएलगत्तै काम थाल्ने पनि उनले बताए।
'हामी जतिसक्दो छिटो सुरू गर्ने गरी काम गरिरहेका छौं। बढीमा चार दिनको समय राखेका हौं,' उनले भने।
भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले चौकी डाँडामा काम सुरू भइसकेको बताए।
'खोलामा पानीको बहाब बढिरहेको छ। जसले गर्दा खोला भित्र काम गर्न सकिएको छैन,' उनले भने।
अहिले बिपी राजमार्गको विकल्पमा कान्ति राजमार्ग हुनसक्ने पनि उनले बताए। यो राजमार्गमा पनि कतिपय ठाउँमा समस्या रहेको र काम भइरहेको उनको भनाइ छ।
भकुन्डेबेशीबाट तिमाल हुँदै साना गाडी पठाउन सकिने पनि उनले बताए।