जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेकासहित दुई जनालाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ।
भदौ २४ गते नख्खु कारागारबाट भागेर सुर्खेत लेकवेशी नगरपालिका– ८ स्थित घरमा लुकिछिपी बस्दै आएका ३६ बर्षीय गंगबहादुर भुरुङ सोमबार बिहान ११ बजेतिर पक्राउ परेका हुन्।
भुरुङले बलात्कार मुद्दामा कैदी भुक्तान गरिरहेका थिए।
इलाका प्रहरी कार्यालय लेकवेसी सुर्खेतबाट खटिएको प्रहरी टोलीले भुरुङलाई नियन्त्रणमा लिएको थियो।
त्यस्तै भदौ २४ गते नै बाँकेको नौवस्ता कारागारबाट भागेका बलात्कार मुद्दाका २२ बर्षीय रतन वादीपनि सोमबार पक्राउ परेका छन्।
उनी सुर्खेतको गुर्भाकोट नगरपालिका – ६ नक्कलेमा लुकीछिपी बसेको अवस्थामा प्रहरी चौकी मेहलकुनाबाट खटिएको प्रहरी टोलीले बिहान साढे १० बजेतिर नियन्त्रणमा लिएको थियो।
पक्राउ परेका दुबै जनालाई हाल आवश्यक कारबाहीका लागि जिल्ला कारागार सुर्खेतमा पठाइएको सुर्खेत प्रहरीले जानकारी दिएको छ।