काठमाडौं महानगरपलिका–१२ टेकुस्थित टेकु दोभानमा मंगलबार एक जना युवतीको शव फेला परेको छ।
काभ्रे घर भई हाल काठमाडौं महानगरपालिका–१६ म्हैपी बस्ने २२ वर्षीया रितु मगर आज मृत अवस्थामा फेला परेकी प्रहरी प्रधान कार्यालयले जनाएको छ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक बिनोद घिमिरेले जानकारी दिए।