टिओबी लेखिएको टिसर्ट लगाएर पेस्तोल बोकेको तस्बिर भाइरल बनेपछि युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पेस्तोल बोकेको तस्बिर भाइरल बनेपछि एक युवकलाई प्रहरीले आइतबार दिउँसो नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले बताए।
तेन्जिङ दावा भन्ने युवकलाई नियन्त्रणमा लिइएको हो।
उनको स्क्रिनिङ भइरहेको एसपी भट्टराईले बताए। दावा अहिले जिल्ला प्रहरी परिसर काठमाडौंमा छन्।
उनले एउटा भिडिओ समेत बनाएर राखेको देखिएको छ।
उनीबाट पेस्तोल बरामद भए/नभएको भन्ने यकिन भएको छैन।