काठमाडौंको खुलामञ्चमा यसपटक दुर्गाको मूर्ति स्थापना गरी नवदुर्गाको पूजा भइरहेको छ।
नवरात्रको अवसरमा देवी दुर्गाको आराधना गर्न मूर्ति स्थापना गरिएको हो।
हिन्दू धर्ममा दसैंलाई असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयका रूपमा लिइन्छ। पौराणिक मान्यताअनुसार, देवी दुर्गाले महिषासुरको वध गरी दुष्ट शक्तिमाथि विजय प्राप्त गरेकी थिइन्। यही विजयको स्मरणमा नवरात्रभरि दुर्गा भवानीको पूजा आराधना गरिन्छ।
दुर्गाको मूर्तिमा देखाइने विभिन्न अस्त्र, सिंह र महिषासुरले शक्ति, साहस र दुष्ट शक्तिमाथिको विजयको प्रतीकात्मक अर्थ बोकेको छ। घरमा कलश र जमरा राखेर गरिने पूजादेखि सार्वजनिक स्थलमा मूर्ति स्थापना गरी गरिने सामूहिक पूजासम्मका परम्पराले दसैंको धार्मिक तथा सांस्कृतिक विविधता झल्काउँछ।
खुलामञ्चमा गरिएको दुर्गा पूजाले राजधानीको सार्वजनिक स्थलमा धार्मिक आस्था, परम्परा र सामूहिक सहभागिताको दृश्य प्रस्तुत गरेको छ।
तस्बिरहरू:
-1792547895.jpg)
-1792547895.jpg)
-1792547895.jpg)
-1792547894.jpg)
-1792547894.jpg)