धनकुटामा ट्रक दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन्।
धनकुटा नगरपालिका- ९ पाँचगोलाइ भन्ने ठाउँमा सोमबार बिहान २ बजे धनकुटाबाट मुलघाटतर्फ आउँदै गरेको प्र.३-०१-००३क ६९०६ नम्बरको मिनि ट्रक दुर्घटना भएको हो।
सशस्त्र प्रहरीका सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार उक्त ट्रक ब्रेक फेल भई सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थियो।
ट्रकका चालक उदयपुर जिल्ला उदयपुरगढी गाउँपालिका-५ बस्ने बर्ष २६ को नारायण खड्का र सहचालक सोही जिल्लाको रानीटार बस्ने बर्ष २० को दिनेश कार्की गम्भीर घाइते भएका छन्।
दुर्घटना पश्चात सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेश मुलघाटबाट र प्रहरी चौकी मुलघाटबाटले उद्धार गरी उपचारको बिहान ४:३० बजे एम्बुलेन्समा मार्फत जिल्ला अस्पताल धनकुटा पठाएको थियो।