अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय धुलिखेल काभ्रेमा कार्यरत खरिदारविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
काभ्रेमा कार्यरत खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारीविरूद्ध मंगलबार अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।
ज्ञानेन्द्रलाई भदौ १८ गते दुई लाख रूपैयाँ घुससहित अख्तियार टोलीले नियन्त्रणमा लिएको थियो।
उनले दोलालघाट गाविस-७ मा रहेको फिल्ड बुकमा दर्ता छुट भएको जग्गाहरू धनीको नाममा छुट दर्ता गर्ने प्रयोजनका लागि घुस लिएको अख्तियारको प्रवक्ता राजेन्द्रप्रसाद पौडेलले जानकारी दिए।
'घुस लिइसकेका अवस्थामा हाम्रो टोलीले नियन्त्रणमा लिएको थियौं,' प्रवक्ता पौडेलले भने, 'उनको साथबाट रकम र एक थान मोबाइल पनि बरामद गरेका छौं।'
यो पनि : मालपोत कार्यालय काभ्रेका खरिदार २ लाख घुससहित अख्तियारको नियन्त्रणमा