अपहरण तथा शरीर बन्धक मुद्दा भुक्तान गरिरहँदा जेलबाट भागेका एक जना कैदीलाई प्रहरीले पक्राउ गरेको छ।
अपहरण तथा शरीर बन्धक मुद्दामा १० वर्ष सजाय तोकिएका ३६ वर्षीय महाविर कामी पक्राउ परेका हुन्।
१० वर्ष सजाय तोकिएका कामी भदौ २४ गते जेनजी आन्दोलनका क्रममा जेलबाट भागेका थिए।
कामीलाई फेरि पक्राउ पछि जिल्ला कारागार नौबस्तामा बझाइएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक पातलीले जानकारी दिए।