प्रहरीले काठमाडौंबाट जेनजी आन्दोलनका क्रममा सिंहदरबारमा एसएलआर बोक्दै लुटपाट र आगजनीमा संलग्न व्यक्तिलाई पक्राउ गरेको छ।
बुधबार ललितपुर उपमहानगर-१३, कुसुन्तीका ३६ वर्षीय सम्राट भनिने राजु परियार सुनाकोठीबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको स्रोतले बतायो।
स्रोतका अनुसार परियारले सुरक्षाकर्मीले प्रयोग गर्ने हतियार लुटेर सिंहदरबारको मूलगेटमा प्रदर्शन गरेका थिए। उक्त दृश्य सामाजिक सञ्जालमा भाइरल भएको थियो।
यस्तै, स्रोतका अनुसार उनीमाथि ज्यान मार्ने, ठगी, अभद्र व्यवहार गरी ८ वटा शीर्षकमा विभिन्न मुद्दा समेत परेको छ।
यी हुन् उनीविरूद्ध परेका मुद्दा
- जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौंमा (मुद्दा नं. ६५८ मिति २०६४।१०।२० गते) ज्यान मार्ने उद्योग।
- जिल्ला प्रहरी परिसर ललितपुरमा रोमन महर्जनको जाहेरीले (मुद्दा नं.१९५ मिति २०७०।०६।१४ गते) ज्यानमार्ने उद्योग।
- प्रहरी वृत्त नयाँ बानेश्वर काठमाडौंमा रवि तामाङको जाहेरीले (मुद्दा नं. २७८ मिति २०७५।०९।१३ गते) ठगी सम्बन्धी।
- प्रहरी वृत्त महाराजगन्ज, काठमाडौंमा राजकुमार खड्कीको जाहेरीले (मुद्दा नं. ७२० मिति २०७१।०९।१७ गते) बैंकिङ कसुर सम्बन्धी।
- जिल्ला प्रहरी परिसर ललितपुरमा मिक्सार तामाङ समेतको जाहेरीले (मुद्दा नं.३३ मिति २०८०।०४।०७ गते) ठगी सम्बन्धी।
- जिल्ला प्रहरी परिसर ललितपुरमा गोविन्द रिमालको जाहेरीले (मुद्दा नं.४७ मिति २०६५।०५।१० गते) अभद्र व्यवहार सम्बन्धी कसुर।
- प्रहरी वृत्त नयाँ बानेश्वर काठमाडौंमा रवि तामाङको जाहेरीले (मुद्दा नं.२७८ मिति २०७५।०९।१३ गते) अभद्र व्यवहार सम्बन्धी कसुर।
- प्रहरी वृत्त स्वयम्भु, काठमाडौंमा सुदन बैजुको जाहेरीले (मुद्दा नं. ८० मिति २०७१।०१।१९ गते) ठगी सम्बन्धी।