भक्तपुर क्यान्सर अस्पतालले देशभर प्यालियटिभ सेवाको विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।
विश्व होस्पिस तथा प्यालियटिभ केयर दिवस–२०२५ को अवसरमा बुधबार कार्यक्रम आयोजना गरी 'भक्तपुर क्यान्सर हस्पिटल प्यालियटिभ केयर फन्ड' स्थापना गर्ने घोषणा समेत गरेको छ।
जसको रकम आर्थिक रूपमा कमजोर बिरामीहरूलाई निःशुल्क सेवा प्रदान गर्न प्रयोग गरिने अस्पतालले जनाएको छ।
कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक डा.उज्वल चालिसेले जीवनको अन्तिम क्षणमा पनि माया, सहानुभूति र सम्मान पाउने अधिकार प्रत्येक व्यक्तिको हुने बताए।
‘हामी केबल उपचार होइन, मानवताको सेवा गरिरहेका छौं। प्यालियटिभ केयर हाम्रो सामाजिक र नैतिक जिम्मेवारी हो,’ उनले भने, ‘भक्तपुर क्यान्सर अस्पतालले अहिले नै देशकै एक सशक्त प्यालियटिभ केयर युनिट सञ्चालन गरिरहेको र यसलाई थप सुदृढ बनाउने योजनामा छ।’
कार्यक्रममा मिस नेपाल लुना लुइँटेलले प्यालियटिभ केयर केबल चिकित्सकीय सेवा मात्र नभएर मानवीय मूल्यसँग जोडिएको अभियान रहेको बताइन्।
यसलाई सामाजिक दायित्वको रूपमा लिनुपर्ने उनको भनाइ थियो।