नेपाल प्रहरीका ४८ जना प्रहरीले पुरस्कृत भएका छन्।
शुक्रबार ७० औं प्रहरी दिवस, २०८२ को अवसरमा एसएसपी, एसपी, डिएसपीसहित ४८ जना प्रहरीलाई सम्मानसहित पुरस्कार वितरण गरिएको हो।
पुरस्कार पाउनेमा एसएसपी आशिष दत्त, एसपीहरू बासुदेव पाठक, हरि डंगोल, डिएसपीहरू भोलाकुमार भट्ट, धर्मराज भण्डारी, मधुकुमार थापा, खगेन्द्रबहादुर खड्का, हरिबहादुर बस्नेत, मोहन सिंह धामी लगायत छन्।
यस्तै, १२ जना प्रहरी निरिक्षक, ५ प्रहरी वरिष्ठ नायब निरिक्षक लगायतलाई पुरस्कार वितरण गरिएको हो।