बारामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।
जीतपुरसिमरा उपमहानगरपालिका–१५ डुमरवानाको नयाँ बस्तीका २० वर्षीय साजन तमाङ र वडा नं १४ घर भएका २२ वर्षीय किरण तामाङ को मृत्यु भएको हो।
पूर्व-पश्चिम राजमार्गमा पथलैयाबाट निजगढतपर्फ जाँदै गरेको ना ३३ प ६८५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ स्थित डुंग्रे खोलास्थित पुलको रेलिङमा ठोक्किएको थियो।
दुर्घटनामा घाइते भएका दुवै जनालाई उपचारका लागि बाराकै नौतनस्थित एलएस न्युरो हस्पिटलमा लगिएको थियो।
चेकजाँचपछि चिकित्सकले उनीहरुलाई जनालाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।