विराटनगरमा करेन्ट लगाएर मान्छा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ।
कचनकवल गाउँपालिका–२ का ४९ वर्षीय लोकबहादुर गाईनेको मृत्यु भएको हो।
आइतबार अमलखुट्टा खोलामा करेन्ट प्रयोग गरेर माछा मार्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीका अनुसार गाईने आफैंले खोलामा करेन्ट प्रवाह गर्दा विद्युतीय सर्किटमा परेर घटनास्थलमै बेहोस भएका थिए। स्थानीयले खबर गरेपछि उनलाई अस्पताल पुर्याइएको थियो। उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।