झापाको बुद्धशान्ती गाउँपालिका-७ सुनमाईस्थित एक घरको वरन्डामा नवजात शिशु फेला परेको छ।
शनिबार राति करिब ९ बजेतिर सिमा आचार्यको घरको अगाडिको वरन्डामा करिव ४-५ दिनको शिशु (छोरी) फेला परेको हो।
शिशु भेटिएपछि स्थानीयले इलाका प्रहरी कार्यालय बुधबारेमा जानकारी गराइएको थियो। शिशुलाई उद्धार गरी प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ।
शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको र शिशु कसले राखेको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।