नेपाली सेनाको रथीमा बढुवा भएका गणेशकुमार श्रेष्ठले दर्ज्यानी चिन्ह पाएका छन्।
आइतबार जंगी अड्डामा आयोजना गरिएको एक कार्यक्रमबीच प्रधान सेनापति अशोकराज सिग्देलले श्रेष्ठलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।
असोज ३० गते मन्त्रिपरिषदको बैठकले श्रेष्ठलाई उपरथीबाट रथीमा बढुवा गर्ने निर्णय गरेको थियो।
उनले दर्ज्यानी चिन्ह पाएसँगै बलाध्यक्षमा नियुक्त भएका छन्।