प्रधानमन्त्री सुशीला कार्कीको नियुक्तिपछि संसद विघटन गर्न भन्दै आज थप ५ वटा रिट निवेदन दर्ता भएका छन्।
आइतबार साँझसम्म थप ५ वटा रिट निवेदन दर्ता भएको सर्वोच्च अदालतका सहरजिष्ट्रार तथा प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए।
उनका अनुसार यसअघि ११ वटा रिट निवेदन दर्ता भएका थिए। अहिलेसम्म १६ पुगेका छन्। संसद विघटन र सरकार गठन असंवैधानिक भन्दै रिटहरू परिरहेका छन्।
भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा सर्वोच्च अदालत पूर्ण जलेको छ।