जिल्ला प्रशासन कार्यालय काभ्रेले तिहार अवधिभर अर्थात ५ दिन टिपर चलाउन रोक लगाएको छ।
आइतबार एक सूचना जारी गर्दै प्रशासनले कात्तिक ३ गते बिहान ५ देखि ७ गते बिहान ७ बजेसम्म जिल्लाभित्र टिपर चलाउन रोक लगाएको जानकारी दिएको हो।
जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले उक्त निर्णय गरेको प्रशासनले जनाएको छ।
विपी र अरनिको राजमार्ग लगायतका सडकमा हुने सवारी चाप र त्यसबाट सिर्जित हुन सक्ने सम्भावित दुर्घटनाहरूलाई न्यूनिकरण गर्न रोक लगाइएको विज्ञप्तीमा उल्लेख गरिएको छ।
'यस अवधिमा टिपर चलाएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कारवाही गर्नेछौं,' विज्ञप्तिमा भनिएको छ।
सुचना