प्रहरीले पाँच थान गोलीसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बर्दिया बढैया गाउँपालिका–३ घर भई हाल काठमाडौंस्थित कपनमा डेराकोठा गरी बस्ने १७ वर्षीय अनिश गिरी र झापा झिलझिले घर भई अहिले काठमाडौं मालिगाउँ बस्ने १६ वर्षीय सोनम थापामगर रहेको प्रहरीले जानकारी दिएको छ।
उनीहरूलाई कोटेश्वर प्रहरी प्रभागले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको हो।
पक्राउ परेका गिरी र थापामगरले गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रहरी वृत्त दरबार मार्गबाट उक्त गोली चोरी गरेको प्रहरीले जनाएको छ।
जेनजी प्रदर्शनका क्रममा हराएकामध्ये गिरीको साथबाट तीन थान र थापामगरको साथबाट दुई थान गोली बरामद भएको पनि प्रहरीले जानकारी दिएको छ।