नेपाल प्रहरीका पाँच जना एसएसपीलाई डिआइजी बढुवाका लागि सिफारिस गरिएको छ।
आइतबार बसेको बढुवा सिफारिस समितिको बैठकले भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अविनारायण काफ्लेलाई सिफारिस गरेको बढुवा समितिका सदस्य सचिव राजन अधिकारीले जानकारी दिए।
उनका अनुसार हाल रिक्त रहेका चार र तीन दिनपछि रिक्त हुने एक डिआइजी पदका लागि बढुवा सिफारिस गरिएको हो।
यस्तै, वरीयतामा अगाडि रहेका एसएसपी विश्व अधिकारी भने डिआइजी बढुवा सिफारिसमा छुटेका छन्।
विश्व अधिकारी जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी थिए। जेनजी आन्दोलनपछि उनको सरूवा भएको थियो।