छठ पूजाका लागि जनकपुरधामका पोखरी छठघाट झकिझकाउ पारिएको छ।
छठपूजा व्यवस्थापन समितिले झिलिमिली बत्ति जडान गरी छटघाटलाई आकर्षक रूपमा शृंगारेको छ।
पोखरीमा छठ पर्व मनाउन आउने श्रद्धालु भक्तजन र व्रतीको सुविधा तथा सुरक्षाका लागि पनि विशेष ध्यान दिएको छ।
जनकपुरको छठ हेर्न स्वदेशका मात्रै होइन विदेशी नागरिकहरू समेत आउँछन्। त्यसकारण त्यस क्षेत्रका छठघाटको शृंगारदेखि व्यवस्थापकीय पक्षमा विशेष ध्यान दिइएको हुन्छ।
सूर्य उपासना परम्पराको मोहक पद्धति मानिन्छ छठलाई। यो पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ।
यस पर्वमा चाहिने भाँडाकुँडा वस्तुजातको बन्दोबस्त तराईमा एक महिना अगाडिदेखि नै गर्न थालिन्छ।
हेर्नुस् चिरिच्याट्ट पारिएको छठघाट —













तस्बिरहरुः अमरेन्द्रकुमार यादव / नेपाल फोटो लाइब्रेरी