सिक्री लुट्ने र किन्नेसहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।
प्रहरीले सिक्री लुटेको आरोपमा सिन्धुली हरिहरगढी गाउँपालिका-६ घर भई भक्तपुर बस्ने २८ वर्षीय राज लामा, उदयपुर ताप्ले गाउँपालिका-४ विशाल मगरलाई पक्राउ गरेको हो।
त्यस्तै किनेको आरोपमा रामेछाप लिखु तामाकोशी गाउँपालिका-६ घर भएका ३२ वर्षीय दिलबहादुर बिकलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
प्रहरीको अनुसार असोज २३ गते ११ बजेको समयमा काठमाडौं गैरीगाउँस्थित सडक खण्डबाट सिक्री लुटिएको थियो।
त्यस्तै कात्तिक १ गते २ बजेतिर पनि काठमाडौंको नागार्जुन नगरपालिका-६ बाट विष्णु पाण्डेको मोटरसाइकलमा आएर सिक्री लुटपाट गरिएको प्रहरीले जनाएको छ।
मोटरसाइकलमा हिँड्दै सिक्री लुटपाट गर्ने किन्नेलाई भक्तपुरबाट खटिएको टोलीले आइतबार पक्राउ गरेको हो।
अनुसन्धानको क्रममा लुटपाट गरेको सामान बिकले किनेको खुलेपछि उनलाई समेत पक्राउ गरेर थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।