कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइएको छ।
बिहानै स्नान गरी दिनभर निर्जल ब्रत गरेका ब्रतालुले बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने व्रत विधि छ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शनिबारदेखि सुरू भएको हो।
ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भए अनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो। त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ। लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो।
सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूर्यले छठ व्रत गरेकी थिइन्। फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन्। त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरूआत भएको तथ्य सूर्य पुराणमा उल्लेख छ।
नदी, तालतलैया र पोखरीको किनारमा सिँगारिएर तयार पारिएका घाटमा केराका थम्बा, झिलिमिली बत्तीबिच अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाइने गरिन्छ।
प्रस्तुत तस्बिर काठमाडौंको गौरीघाटमा खिचिएका हुन्।
काठमाडौं महानगरपालिकाले यस वर्ष छठ मनाउन आठ ठाउँ निर्धारण गरेको छ।
तस्बिरहरू
-1761571212.jpg)
-1761571212.jpg)
-1761571211.jpg)
-1761571211.jpg)
-1761571210.jpg)
-1761571211.jpg)
-1761571210.jpg)
-1761571208.jpg)
-1761571208.jpg)
-1761571206.jpg)
-1761571209.jpg)
-1761571207.jpg)
-1761571207.jpg)
-1761571206.jpg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी