१० उच्चपदस्थ व्यक्तिलाई ज्यान मार्ने धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन्।
फिलिपिन्सको ब्युरो अफ इमिग्रेसन (बिआई) ले आफ्नो भगौडा खोजी इकाइ (एफएसयू) मार्फत फिलिपिन्स नेसनल पुलिस (पिएनपी) सँग संयुक्त कारबाही गर्दै बुलाकान प्रान्तको मालोलोस सिटीबाट उनलाई पक्राउ गरेको जनाएको छ।
बिआईका अनुसार उनलाई डिसेम्बर ३१ मा मालोलोस सिटी–६, बाराङ्गे क्याटमोनस्थित पासेओ दे कङ्ग्रेसो क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई, तत्कालीन परराष्ट्र मन्त्री आरजु राणा, तत्कालीन गृहमन्त्री रमेश लेखक, बालकृष्ण खाण लगायतलाई इमेलमार्फत उनले ज्यान मार्ने धम्की दिएका थिए।
बिआईले जनाएको अनुसार फिलिपिन्स सेन्टर अन ट्रान्सनेशनल क्राइम (पिसिटिसी) सँगको आधिकारिक समन्वयपछि पक्राउ गरिएको हो।
पिसिटिसीले काठमाडौं जिल्ला अदालतले सन् २०२५ डिसेम्बर १ मा आपराधिक विश्वासघात सम्बन्धी मुद्दामा पाठकविरूद्ध पक्राउ पुर्जी जारी गरेको जानकारी बिआईलाई गराएको थियो।
यसैगरी, डिसेम्बर १२ मा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) ले पाठकविरूद्ध जबर्जस्ती असुली र आपराधिक षड्यन्त्र अभियोगमा डिफ्युजन नोटिस जारी गरेको थियो।
यो पनि:
उच्चपदस्थलाई धम्की दिने पाठकविरूद्ध छन् चार वटा मुद्दा