इटहरीको पूर्वाञ्चल क्याफेमा लागेको आगो नियन्त्रणमा लिइएको छ।
बुधबार बिहान पूर्वाञ्चल क्याफे तथा आइसक्रिम पार्लरमा लागेको आगो केहीबेर अघि निभाइएको सुनसरी प्रहरीले जनाएको छ।
तीनवटा दमकल परिचालन गरी आगो निभाइएको प्रहरीले जनाएको छ।
आगो निभाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो।
क्याफेको भान्साबाट आगलागी सुरू भएको थियो। आगलागीबाट क्षति विवरण संकलन कार्य भइरहेको प्रहरीले जनाएको छ।