पश्चिम नेपालमा लगातार भूकम्पीय धक्का महसुस भएको छ।
बिहीबार बिहान ८ः३२ मा दार्चुलाको मुराइ केन्द्र गरेर ४.० म्याग्निच्युडको भूकम्पीय धक्का महसुस गरिएको हो। गत चैत ९ गते दिनको १ः१४ बजे बझाङको रायाल केन्द्र गरेर ४.१ म्याग्निच्युडको भूकम्पीय धक्का महसुस गरिएको थियो।
चैत ९ गते नै दार्चुलाको मुराइ केन्द्र गरेर ४.१ म्याग्निच्युडको भूकम्पीय धक्का गएको थियो। चैत ३ गते दार्चुलाको सिटौला केन्द्र गरेर ४.० म्याग्निच्युड र फागुन २२ गते बुझाङको चैनपुर केन्द्र गरेर ३.६ म्याग्निच्युडको भूकम्पीय धक्का महसुस गरिएको थियो।