नेपाल इन्जिनियर्स एसोसिएसन भरतपुर केन्द्र, चितवनको अध्यक्षमा दीपक खनाल चयन भएका छन्।
शनिबार सम्पन्न १६ औं वार्षिक साधारण सभा तथा नवौं अधिवेशनले खनालको अधियक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
समितिको उपाध्यक्षमा सूर्य प्रकाश लामा, सचिवमा अजय पोखरेल र कोषाध्यक्षमा सुशीला जमरकट्टेल चयन भएका छन्।
कार्यसमिति सदस्यहरूमा अस्मिता खनाल, सन्तोष पाण्डे, सुमन पोखरेल, गणेश रिजाल र अनिश काफ्ले चयन भएको निवर्तमान अध्यक्ष कृष्ण रिजालले जानकारी दिए।
नवनिर्वाचित अध्यक्ष खनालले इन्जिनियरहरूको वृत्तिविकास र पेसागत हकहितका लागि आफ्नो टिमले सक्रियतापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
इन्जिनियर्स एसोसिएसन चितवनमा ३४९ जना इन्जिनियर आवद्ध छन्।