नेकपा एमालेका पूर्वसभासद कर्णबहादुर मल्ल बलात्कार आरोपमा पक्राउ परेका छन्।
शनिबार जिल्ला प्रहरी परिसरले मल्ललाई सातदोबाटो पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होबिन्द्र बोगटीले जानकारी दिए।
उनका अनुसार ५२ वर्षीय मल्ल एक महिनादेखि फरार थिए।
पीडित महिलाले परिसरमा फागुन ४ गते जाहेरी दिएकी थिइन्।
उनले मल्ललाई पक्राउ गर्न माग गर्दै पछिल्लो हप्ता माइतीघरमा अनसन समेत बसेकी थिइन्।
‘आरोपीलाई मुगु कालिकोटसम्म खोजी गर्यौं। आज सातदोबाटोमै फेला पारी पक्राउ गरेका हौं,’ एसएसपी बोगटीले भने।