बाँकेको नेपालगंजमा जलेको अवस्थामा एक जना युवतीको शव फेला परेको छ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक पालतीका अनुसार नेपालगंज उपमहानगरपालिका – १२ कोरियनपुरमा जलेको अवस्थामा अन्दाजी २५ बर्षीया युवतीको शव फेला परेको हो।
युवतीको पहिचान हुन बाँकी छ। यो गत मध्य रातिमा भएको प्रहरीको अनुमान छ।
घटना बारे अनुसन्धान भइ रहेको जिल्ला प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए।