बाँकेमा जलेको अवस्थामा सडमा मृत फेला परेकी युवतीको पहिचान खुलेको छ।
गएराति बाँकेको नेपालगंज उपमहानगरपालिका-१२ कोरियनपुरमा जलेको अवस्थामा सडकमा मृत भेटिएकी युवती सोही स्थानकी २२ वर्षीया सृजना बुढा रहेको खुलेको हो।
बाँकेका प्रहरी प्रवक्ता डिएसपी दिपक पातलीका अनुसार नेपालगंज नर्सिंह होमको ठिक पछाडि घना बस्तीको बीचमा शव भेटिएको थियो।
घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।