पर्सामा श्रीमतीको खुट्टा काट्ने श्रीमान पक्राउ परेका छन्।
पर्सागढी नगरपालिका-३ विरुवा टोल बस्ने ३० वर्षीय विश्वनाथ सहनीले आफ्नी २५ वर्षीया श्रीमती हरिकला देवी सहनीको खुट्टा काटेको आरोप छ।
उक्त आरोपमा शनिबार प्रहरीले सहनीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए।
उनका अनुसार घटना चैत १ गते राति साढे ८ बजेको हो।
घरासयी विवादका कारण योजना बनाएर अमानवीय तवरले दाउ प्रहार गरी हरिकलाको बायाँ खुट्टा काटेको आरोप छ।
घाइते बनाएर फरार भएका उनलाई प्रहरीले शनिबार पक्राउ गरेको हो।
हरिकलाको उपचारको लागि एलएसन्यूरो एण्ड जेनेरल हस्पिटलमा लगिएको थियो।
घटनामा प्रहरीले ज्यान मार्ने उद्योग र कुटपिट अंगभंग सम्बन्धि कसुरमा अनुसन्धान अघि बढाएको छऽ