बाँदर नियन्त्रण गर्न माग गर्दै किसानहरूले प्रदर्शन गरेका छन्।
खोटाङको दिक्तेलमा आज किसानहरूले प्रदर्शन गरेका हुन्।
बाँदरले बाली खाएर सताएको भन्दै किसानहरूले नियन्त्रणको माग गरेका छन्।
बाँदरको समस्या हल गर्न हलो, जुवा, दाँते र कोदालोसहित किसानहरूले प्रदर्शन गरेका थिए।
उनीहरूले बाँदर नियन्त्रणका लागि प्रभावकारी काम गर्न सरकारसँग माग गरेका छन्।